काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१० स्थित कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ । आगलागीमा परी संखुवासभा घर भएर सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौँ-२५ बस्दै आएका छेवाङ शेर्पाको मृत्यु भएको हो ।
कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार आगलागी भएको घरका धनी टंक घिसिङ हुन् । उक्त ट्रेकिङ्ग अफिस चर्चित कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को हो ।