काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित न्यूप्लाजा अगाडि बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको जनाइएको छ। दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागी भएको प्रहरीले बताएको छ ।