काठमाडौं । गायिका पुर्णिमा लामाको स्वरमा भर्खरै मात्र रुपै मोहनी एल्बम सार्वजानिक भएको छ । चर्चित गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भिम बि. सी.,को संगीत र संगीत संयोजन आमोस तामाङको रहेको छ ।
जि.बीअग्री को निर्देशनमा तयार भएको एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन । दिपक एमसिंहको नृत्य निर्देशनमा रहेको उक्तएल्बम्मा महेश खडका र बि. डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युटुब च्यानल बाट सार्वजानिक गरिएको हो ।