काठमाडाैं । भारतका सहयोगमा दार्चुलामा बन्न लागेको पुलको सोमवार शिलान्यास गरिएको छ । नेपालतर्फ दार्चुलाको असिगाडा र भारततर्फ धारचुलाको मल्ला छारछु जोड्ने मोटरेबल पुलेको शिलान्यास गरिएको हो ।
उक्त पुलको शिलान्यास उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका हुन् । उक्त मोटरेबल पुलको निर्माणले दुई देशबीचको आवतजावत तथा सम्बन्धमा समेत सहज हुने अपेक्षा गरिएको छ ।