काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हार स्वीकार गर्न तर आत्महत्या नगर्न आग्रह गरेका छन् । राजधानीमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले असफलताले धेरै कुरा सिकाउने बताए ।
‘असफलताले धेरै कुरा सिकाउँछ, हार्न सिकौं मान्छे हारिराख्नुपर्छ,’ उनले भने, ‘मेहनत गर्न र साहस प्रदर्शन गर्न सिक्नुपर्छ।’ उनले आफू सँधै गणितमा फेल हुने गरेको तर पछि इन्जिनियर बनेको उदाहारण दिए । कार्यक्रममा प्रमुख शाहले विद्यार्थीहरुलाई स्कुलमा थोरै नम्बर आउदैमा हरेश नखान आग्रह गरे ।