काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै प्रवक्ताको जिम्मेवारीमा हेरफेर भएको छ । बोर्डले शुक्रबार एक सूचना जारी गर्दे बोर्ड प्रवक्ताको जिम्मेवारीमा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई दिइएको जनाएको छ ।
‘नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका उपकार्यकारी निर्देशक श्री निरञ्जय घिमिरेलाई तोकिएको छ, बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले मिति २०८१ मंसिर १३ गतेदेखि लागू हुने गरी उहाँलाई सो जिम्मेवारी प्रदान गर्नुभएको हो’, बोर्डको सूचनामा उल्लेख छ ।
पहिले प्रवक्ताको जिम्मेवारीमा रहेका निर्देशक डा. नवराज अधिकारीले बोर्डको अध्यक्षको लागि श्रेष्ठ सँगै प्रतिस्पर्धा गरेका थिए ।