काठमाडौँ । राष्ट्रीय युवा संघ सर्लाही कार्यसमितिले सर्लाही जिल्ला हरिवन नगरपालिकामा रहेको मानव सेवा आश्रममा दिवा खाना खुवाएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी मानव सेवा आश्रम हरिवनमा रहेकालाई खाना खुवाइएको हो ।
संघले सामाजिक र सिर्जनात्मक कार्यमा आफूलाई समर्पित गर्दै मानव सेवा आश्रममा खाना खुवाएको बताएको छ । युवा संघ सर्लाहीका जिल्ला अध्यक्ष किरन थिङको अध्यक्षतामा भएको कार्यक्रममा नव निर्वाचित केन्द्रीय सदस्य जिवेश प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
.jpeg)
कार्यक्रममा बोल्दै प्रसाईंले भगवानरुपि आमाबुवालाई संगठनले खाना खुवाएर पुण्य काम गरेको भन्दै मानवीय सेवामा संगठन लाग्नुपर्ने बताए ।
प्रसाईंका अनुसार मानव सेवा नै धर्म हो भन्ने हेतुले सबै सदस्यबाट रकम सङ्कलन गरेर सामाजिक अन्तर्गत मानव सेवा आश्रममा रहेकालाई खानाको व्यवस्थापन गरेको बताए । कार्यक्रममा जिल्ला उपाध्यक्ष र सचीवको पनि उपस्थिति रहेको थियो ।
