भक्तपुर । सूूर्यविनायक नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जिम्मेवारी सम्हालेसँगै नविनतम कार्यको सुरुवात हुन थालेका छन् ।
उनले जेठ ५ गतेदेखि सूूर्यविनायक नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । आचार्यले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेसँगै नगरपालिकामा योजना कार्यान्वयनको अवस्था, सेवा प्रवाह र सुशासनका क्षेत्रमा फरक शैलिबाट कामको सुरुवात हुन थालेका हुन् ।
आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नगरपालिकाले निर्माण गर्नुपर्ने नीति, कायृक्रम र बजेटको पूर्व तयारी स्वरुप आचार्यले सबै वडाका वडसचिव र प्राविधिकहरुसँग सुझाव लिनुु भएको छ ।
नीति कार्यक्रम र बजेट निर्माण गर्ने क्रममा कस्ता कार्यक्रम समावेश गर्दा नगर प्रमुख वासुदेव थापाको लक्ष्य ‘समृद्ध सूर्यविनायक’ निर्माण गर्न सकिन्छ भन्ने सन्र्दभमा उहाँले वडा सचिव र प्राविधिकसँग राय सुझाव लिनु भएको हो । त्यसै क्रममा आचार्यले अहिलेसम्म वडामा चालु आर्थिक वर्षमा सञ्चालन भएका योजना कार्यान्वयन सम्पन्नताको अवस्थाका बारेमा पनि जानकारी लिँदै थप पृष्ठपोषण सहित सुझाव प्रदान गरेका थिए ।
आचार्य स्थानीय तहका अब्बल प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्थापित हुँदै आउनु भएकाले उहाँले अन्य स्थानीय तहमा भएका असल अभ्यासका अनुुभवका शेरिङ समेत गर्दै आउनु भएको छ ।
उनले यस अगाडि स्थानीय तहका जिम्मेवारीमा रहँदा सुशासन, सेवा प्रवाह र योजना कार्यान्वयनलाई प्रभावकारिता बनाउँदै आएका थिए ।
सो अवसरमा वडा सचिव तथा प्राविधिकहरुले आ–आफ्नो वडाको अवस्था र समस्याका बारेमा स्पष्ट धारणा राखेका थिए ।
छलफल कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र नेपाल, पूर्वाधार शाखा प्रमुख जनक न्यौपानेले नगरपालिकाको समग्र प्रशासन र योजना कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । 