काठमाडौँ । केरलाको वायनाड लोकसभा सीटमा भएको उपनिर्वाचनमा भारतीय कांग्रेसकी उम्मेदवार प्रियंका गान्धी वाड्रा ४ लाखभन्दा बढी मतान्तरले विजयी भएकी छिन् । शनिबार सम्पन्न मतगणनामा गान्धीले ६ लाख २२ हजार ३३८ मत गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का सत्यन मोकरीले २ लाख ११ हजार ४०७ मत मात्रै ल्याउन सके ।
सत्तारुढ भारतीय जनता पार्टीका नव्य हरिदासले भने १ लाख ९ हजार ९३९ मत मात्रै ल्याउन सकिन् । लोक सभाका लागि काङ्ग्रेस नेता राहुल गान्धीले यस वर्ष जुनमा भएको चुनावमा केरला राज्यको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट विजयी भएपछि वायनाडबाट राजिनामा दिएका थिए ।
गान्धीले वायनाडबाट ३ लाख ६४ हजारभन्दा बढी मतको अन्तरले विजय हासिल गरेका थिए। उनको स्थानमा प्रियंका गान्धी वायनाडबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन् ।