काठमाडौँ । यामाहा नेपालले दुई पांग्रे सवारी साधनको एक्सचेन्ज अफर ल्याएको छ । यो अफर २०८२ वैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोजहरुमा लागु हुनेछ ।
यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो ।
उक्त एक्सचेन्ज अफरमा निम्न सेवाहरु पाउन सकिन्छ
जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम २५ रूपैयाँ को भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य) |
एक्सचेन्ज भ्यालु अझ बढाउन थप १० हजारको अतिरिक्त भ्यालुएसन।
धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा ।
यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९% व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा। "Thrill of 3" अफर अन्तर्गत रु. १ लाखसम्मको स्योर शट छुट ।
उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू ।
हाइ-माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको RayZR 125FI Hybrid देखि लिएर रेसिङ पारखीहरूबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक R15 सम्म, यामाहाको मोडलहरू फरक फरक आवश्यकता अनुसार उपलब्ध छन् ।
बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली MT - 15 V2 उपयुक्त विकल्प हुन सक्छ भने, १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको Aerox 155 ले बिल्कुलै नयाँ खालको स्पोर्टी स्कूटरको अनुभव दिन्छ । अफ-रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको WR 155R तयार छ। त्यस्तै, दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि FZ- S V3 आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लू कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ ।
नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो । यामाहा सधैँ नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध छ ।