भक्तपुर । चाँगुनारायण नगरपालिकाले चालुु आर्थिक वर्ष २०८१÷८२ साउनदेखि हालसम्म १८ करोड ४९ लाख रुपियाँ राजश्व संकलन गर्न सफल भएको छ । उक्त राजश्व संकलन
राजस्व संकलन उत्साहजनक रहेको चाँगुुनारायण नगरपालिकाले जनाएको छ । नगरपालिका राजस्व शाखाका अनुसार हालसम्म १८ करोड ४९ लाख ७९ हजार ६ सय १९ रुपैयाँ राजस्व संकलन भएको हो । यही अवधिमा गत आर्थिक वर्षमा १७ करोड ६४ लाख ८० हजार २ सय ४० रुपैयाँ संकलन भएको थियो ।
जसमध्ये सबैभन्दा बढी सिफारिस दस्तुरवापत ६ करोड २५ लाख, ब्यवसाय रजिष्टेशन दस्तुरवापत ३ करोड ८५ लाख, नक्सापास दस्तुरवापत २ करोड ३७ लाख, मालपोत करवापत १ करोड २१ र वहाल करवापत १ करोड २० लाख संकलन भएको छ । पछिल्लो समय नगरपालिकाले आन्तरिक स्रोतलाई बलियो बनाउँदै लगेको छ ।
त्यस्तै, नगरपालिकाले ब्यवसाय दर्ता नवीकरण अभियान समेत संचालन गरिरहेको छ । केहि दिन अघि मात्र शूरु गरिएको ब्यवसाय दर्ता अभियान विभिन्न वडाहरुमा संचालन भइरहेको नगरपालिकाले जनाएको छ ।