बारा । निजगढ नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा वक्तृत्वकला आयोजना गर्ने भएको छ । मर्यादित सहकारी समुन्नत समाज भन्ने मूल नाराका साथ ६८ औं राष्टिय सहकारी दिवस भव्यरुपमा मनाउने सन्दर्भमा नगरपालिकाले वतृत्वकला आयोजना गर्न लागेको हो ।
वक्तृत्वकला कार्यक्रममा सहभागि हुन इच्छुुक व्यक्तिले नामावलीसहितको निवेदन नगरपालिकामा दर्ता गराउन नगरपालिकाले सूूचना जारी गरी जनाएको छ । इच्छुुक व्यक्तिले निवेदन चैत १८ गते दिउँसो ४ बजेभित्र दर्ता गराइसक्न नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । वतृत्वकला कार्यक्रम चैत १९ गते दिउँसो १२ः३० बजे नगरपालिकाको सभाहलमा आयोजना हुनेछ ।
नगरपालिका नगरबासी, नगरपालिकाका पदाधिकारी, कर्मचारी लगायतलाई आआफ्नो संघ संस्थाको ब्यानरसहित चैत २० गते विहान ७ बजे नगरपालिकामा उपस्थित सहकारी दिवसमा सहभागि हुुन जारी गरिएको सूूचनामा उल्लेख गरिएको छ । उक्त दिन प्रभातफेरी कार्यक्रम, अन्तक्रिया तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ ।