भक्तपुर । सूर्यविनायक नगरपालिकाको नगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले आफ्नै लगानी तथा आफ्नै व्यवस्थापनमा नगर अस्पताल सञ्चालन गरी प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको हो । सरकारले गाउँपालिकामा ५ बेड र नगरपालिकमामा दश बेडको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरेसँगै सूर्यविनायक नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गरेको हो ।
तीन वर्षदेखि व्यवस्थित र प्रभावकारी स्वाथ्य सेवा सञ्चालन गरेको सूर्यविनायक नगरपालिकाले नगर अस्पतालमा क्रमिकरुपमा सेवा र पूर्वाधारको थप गर्दै गएको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सबै वडाहरुमा ल्याबसहितको आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिएको, नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य बीमामा लाग्ने रकमको प्रतिघर १००० रुपियाँ अनुदान दिने कार्यक्रम सञ्चालन ल्याइएको यस कार्यक्रममार्फत हालसम्म १५,००० परिवारको स्वास्थ्य बीमा गरिएको छ । नगरपालिकाले नगरबासीको लागि निःशुल्क शब वाहन सेवा प्रदान गर्दै आएको नगरपालिका प्रमुख बासुदेव थापाले जानकारी दिए ।
त्यस्तै सूर्यविनायक नगरपालिकाले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । यस अवधिमा गत असारसम्ममा ११४ किलोमिटर सडक कालो पत्रे गरिएको, १४५ किलोमिटर सडक स्तरोन्नती गरिएको, १७७ किलोमिटर सडक सिमाङ्कन गरिएको, ४० किलोमिटर सडकमा ढल विकासको व्यवस्था गरिएको, ३७ वटा पुल तथा कलभट निर्माण गरिएको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तरानाथ लुइटेलले सूर्यविनायक नगगरपालिकाले छोटो समयमा धेरै उपलिब्ध हासिल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधार विकाससँगै सेवा प्रवाहलाई क्रमिकरुपमा प्रविधिमैत्री बनाउँदै लगिएको छ यसले गर्दा सेवाग्राहीलाई सहज र सुलभरुपमा सेवा लिन सक्ने भएका छन् ।”
६० वटा सामुदायिक भवन निर्माण गरिएको, ७७ वटा मठमन्दिर एवं पाटी पौवा, सत्तल, प्रतिक्षालय निर्माण तथा पुननिर्माण गरिएको, ५०५३ वटा सडक वत्ती जडान गरी उज्यालो नगरपालिका तिर अग्रसर भएको नगरपालिका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो । उहाँका अुसार २१ हजार घरधुरीलाई खानेपानी वितरण गरिएको, यसै आर्थिक वर्षमा नगरपालिकाको करोडको लगानीमा सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारमा रहेको मेलम्चीको खानेपानी ट्याङ्कीबाट नगरपालिकाको वडा नं. १,२,३,४, ५ र ६ नं. वडामा उपभोक्ता समितिबाट ६०÷४० को लागत साझेदारीमा खानेपानी पुर्याउने कार्य करिब ७० प्रतिशत काम सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नंं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका विपन्न नागरिकको हित अभिवृद्वीका लागि नीतिगत, संरचनागत र कार्यक्रमको रुपमा सम्बोधन गरिएको बताए ।
उनका अनुसार नगरपालिकाले आगामी २०८३ साल भित्रमा बालमैत्री सूर्यविनायक नगरपालिका घोषणा गर्ने कार्ययोजनासहित कार्यक्रम अगाडी बढाइएको छ । नगरपालिकाको शुन्य लगानिमा निजी क्षेत्रसँग समन्वय गरी नगरपालिकाको फोहोर मैला व्यवस्थापन कार्य गरिएको छ । व्यवसाहिक कृषि तथा पशु पालनको माध्यमबाट नगरवासीको आर्थिक समृद्वीको लागि योजना कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गरेको, उद्यमशिलता र रोजगारी सिर्जनाको लागि सरकारी, निजि गैरसरकारी क्षेत्रको सहकार्यलाई निरन्तर रुपमा अगाडी बढाइएको छ ।
विपद व्यवस्थापन, पर्यटन क्षेत्र विकास आन्तरिक आयवृद्वि लगायतका क्षेत्रमा संघ प्रदेश र अन्तर स्थानीय तहसँगको समन्वय सहकार्यलाई अगाडी बढाइएको छ । नगरपालिकाले २५ वर्षे दीर्घकालिन योजना ५ वर्षे आवधिक योजना तर्जुमा गरिएको, शिक्षा क्षेत्रमा निरन्तर सुधारको प्रयास भौतिक निर्माणतर्फ २४ वटा विद्यालय भवन निर्माण गरिएको छ ।
सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्थानीय तहका जनप्रतिनिधि हुने कानुनी व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । प्रधानाध्यापकहरुको प्रतिस्पर्धात्मक परीक्षा सञ्ंचालन गरी नियुक्ती गरिएको छ । यस कार्यको देशव्यापी रुपमा सूर्यविनायक नगरपालिकाको प्रशंसा भएको दाबी नगरपालिकाले गर्दै आएको छ ।