काठमाडाैँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
मंगलबार बसेरा होटलमा बसेको सचिवालयको बैठकले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रारम्भिक रूपमा एक अर्ब रुपैयाँ विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
एमालेको सचिवालय बैठकलगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न आह्वान गरेका छन् ।