भक्तपुर । सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमाना मनोरञ्जनाका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा आवतजावत गर्दा लिदैँ आएको दस्तुत कानुन संवत नै भएको सूर्यविनायक नगरपालिकाले स्पष्ट गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै झोलुङ्गे पुलबाट आवतजावत गरेवापत प्रति व्यक्ति २० रुपियाँ सेवा शुःल्क लिएको कानुन संवत नै भएको स्पष्ट गरेको हो ।
मंगलबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगरपालिकाले दुई वर्षदेखि नगरसभाले पास गरेको स्थानीय आर्थिक ऐनमा तोकिए बमोजिम नै शुःल्क लिँदै आएको नगरपालिकाले जनाएको छ ।
ऐनको दफा ६२ को सेवा शुःल्क शिर्षकमा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालन रहेको, केबलकार टेकिङ, कायाकिङ्ग, क्यानोनिङ्ग, बज्जी जम्प, जिपफ्लायर, र्याफ्टििङ्ग, प्याराग्लाइडिङ्ग, लगायतका स्थानीय पर्यटन मनोरञ्जन तथा साहसिक खेलकुद सम्बन्धी व्यावसायमा सेवा शुःल्क लगाउन सक्नेछ भन्ने उल्लेख गरिएको छ । उक्त शुःल्क लिनका लागि नगरपालिकाले नगरसभाबाट आर्थिक ऐन पास गरी उक्त ऐनले तोकिए अनुसार नै शुःल्क लिँदै आएको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले उक्त झोलुङ्गे पुल पैदल यात्रुका लागि दैनिक आवतजावतका लागि नभइ मनोरञ्जनका लागि निर्माण गरेकाले नगरपालिकाले कानुन संवत नै शुःल्क लिँदै आएको बताए । साथै नगरपालिकाले वडा नंं ९ र १० को सीमानामा रहेको सूर्य मोर्डमा रहेको झोलुङ्गे पुलको विषयमा केही दिन अघि आफूलाई अभियन्ता बताउने व्यक्लिे भ्रम फैलाउने र सार्वजनीक सम्पत्ति तोडफोड जस्ता अराजक गतिविधि गरिएको प्रति घोर भत्र्सनासमेत गरेको छ ।
नगरपालिकाले पुल प्रयोग गर्ने ब्यक्तीसँग लिइएको शुःल्कको विषयलाई अतिरञ्जीत गर्दै कानुन हातमा लिई अराजक गतिविधि गर्ने आफूलाई अभियान्ता बताउने आशिका तामाङलाई प्रकाउ गरि कानुन सम्वत कारबाही गर्न माग गर्दै नगरपालिकाले प्रहरी बृत जगातीमा जाहेरी समेत दर्ता गरेको पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।
नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले कार्यपालिका बैठकको निर्णय अनुसार तोडफोड र आगजानीमा संलग्न आशिका तामाङलाई तत्काल कानून बमोजीम कारवाहीको माग गर्दै जाहेरी प्रहरीमा दर्ता गरिएको बताए ।
नगरपालिकाका उपप्रमुख एवं राजस्व परामर्श समिति संयोजक समेत रहनु भएका सरिता भट्टराईले सूर्यविनायक नगरपालिकालाई दिगो र व्यवस्थित सहर निर्माण गर्न उद्योग व्यावसाय कल कारखानाको स्थायीत्व गर्न र पुंजी निर्माण गर्ने नगरपालिकाको प्रमुख दायित्व भएकाले नगरपालिकाले उक्त क्षेत्रमा पुल निर्माण गरी दस्तुर लिँदै आएको बताए । नगरपालिकाले संकलन गरेको उक्त राजश्ववाट नै स्थानीय क्षेत्रको बाटोघाटो, पुल कुलेसा, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रको विकास गर्न स्थानीय सरकारले राजस्व संकलन गर्न पाईने व्यवस्था कानुन दिएको सोही आधारमा शुःल्क लिएको उनको भनाइ छ ।
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले मनोरञ्जन र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले पुल निर्माण गरिएकाले पर्यटकहरूसँग शुल्क उठाइएकाले लिइएको शुःल्क कानुन अनुसार नै भएको बताए ।
‘यो कुनै खोला, नदी तर्न बाध्यात्मक आवश्यकताका कारण बनाइएको पुल होइन,’ उहाँले अगाडी भन्नुभयो, ‘पुलबाट दृश्यावलोकन गर्न एवं मनोरञ्जन लिन इच्छा भएका व्यक्तिले शुःल्क तिरेर प्रयोग गर्न सक्नुहुनेछ । ओहोरदोहोर गर्न अन्य वैकल्पिक बाटो पनि छन् ।’
स्थानीयलाई ५० प्रतिशत छुट
सूर्यविनायक नगरपालिकाले स्थानीयलाई भने टिकट शुःल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ । वडा नम्बर १० का वडाध्यक्ष शिवराम राउतले स्थानीयले छुट प्राप्त गर्न आफ्नो परिचय खुल्ने परिचयपत्र भने आवश्यक रहने बताए ।
वडा नं ९ र १० का स्थानीयले मनोरञ्जनका लागि झोलुङ्गे पुलबाट आवतजावत गर्न कुनै शुल्क तिर्नुपर्दैन । आर्थिक वर्ष २०७७/७८ को नगर सभामार्फत पुल प्रयोग गर्नेबाट शुल्क उठाउने निर्णय भएको अध्यक्ष राउतले स्पष्ट पारे ।
स्थानीय पूर्वाधार विभाग (डोली) भने देशभर निर्माण भएका झोलुङ्गे पुल तरितराउका साथै सेवा केन्द्रसम्म पुग्न र मनोरञ्जनका लागि झोलुङ्गे पुल निर्माण भएको जनाएको छ । देशभर झोलुङ्गे पुल संघीय सरकार अन्तर्गत स्थानीय पूर्वाधार विभागले निर्माण गरेको भए पनि पुलको रेखदेख, संरक्षण, मर्मत संभारका साथै मनोरञ्जनका लागि निर्माण गरिएको पुलको बारेमा स्थानीय तहले कानुन बनाएर दस्तुर लिन सक्ने जनाएको छ । अहिले तीन तहले गरी देशभर दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण हुँदै आएका छन् ।