मकवानपुर । हेटौडा उपमहानगरपालिकाले सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै उमहानगरपालिकाको वेवसाइटलाई सेवाग्राही मैत्री बनाउँदै गएको छ । उपमहानगरपालिकाको हरेक सूचना सेवाग्राही र आमनागरिकलाई सजिलै जानकारी गराउने उद्देश्यले सूचना तथा महत्वपूर्ण नगर कार्यपािलका र नगर सभाले गरेको निर्णय वेवसाइटमा राखेर सूचना सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरेको हो ।
नगरपालिकाले आफ्ना सेवा सुविधाहरु विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउँदै आएको हेटौडा उपमहानगरपालिकाले जनाएको छ ।
हेटौडा उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गोपालप्रसाद पोखरेलले उपमहानगरपालिकाले विद्युतीय सूचनाको माध्यमबाट सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै उपमहानगरपालिकाले सुशासनको क्षेत्रमा धेरै महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको बताए ।
उनका अनुसार वेवसाइट संचालनबाट नागरिकहरुलाई प्रत्याभुत गरीएको सूचनाको हक सुनिश्चित गर्नुका साथै उपमहानगरपालिकालाई छीटो छरितो, प्रभावकारी, पारदर्शी र सुलभ ढंगले सेवा प्रदान गर्न सहयोग पुगी नगरपालिकाको कर प्रशासनमा सुधार आउने नगरपालिकाले महशुस गरेको छ ।
अहिले उपमहानगरपालिकाको वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय वेवसाइटमार्फत सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।
उमहानगरपालिकाले वेवसाइटलाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव तथा प्रतिक्रियाको समेत अपेक्षा गरेको छ । स्वच्छ, समृद्ध, सृजनसिल औधोगिक नगरको रुपमा हेटौडा उपमहानगरपालिका चिनिदैँ आएको छ ।