मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले ‘पेरिस फेसन विक’मा डेब्यु गरेकी छन् । आलियाले पहिलोपटक फेसनको महाकुम्भ मानिने प्रतिष्ठित पेरिस फेसन सप्ताहमा आकर्षण रूपमा प्रस्तुत भएकी हुन् । सोमबार आलिया पेरिस फेसनमा मेटालिक सिल्भर फिटको पहिरन लगाएर र्याम्पमा प्रस्तुत भइन् ।
केन्डल जेनर, कारा डोलिभिङ र अन्य चर्चित मोडलसँग आलिया देखा परिन् । उनी पेरिसको प्लेस डे ल’ ओपेरामा ‘वाक योर वर्थ’ कार्यक्रममा हिँडेकी हुन् ।
यसअघि आलियाले पेरिस फेसन विकमा आफ्नो डेब्युलाई लिएर उत्साह व्यक्त गरेकी थिइन् । पहिलो जहिल्यै विशेष हुने उनको भनाइ थियो ।
आलियाले यसपटक गौरव गुप्ताले तयार पारेको पहिरन लगाएकी थिइन् । यस वर्षको पेरिस फेसन विक सेप्टेम्बर २३ देखि अक्टोबर १ सम्म आयोजना हुनेछ । यसअघि आलियाले मेटगालामा पनि सोन्दर्य छरेकी थिइन् । जहाँ उनको पहिरनदेखि सोन्दर्यको निकै चर्चा भएको थियो । त्यसैगरि, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पनि फेसन विकमा रातो पहिरनमा र्याम्पमा देखिएकी थिइन् ।