२०७९ सालमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको साढे दुई वर्ष पूरा भएको छ । यस अवधिमा शङ्खरापुर नगरपालिकाले गरेको विकास निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रलाई तीव्रता दिँदै आएको छ । यसै सन्र्दभमा शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश नापितसँग साढे दुई वर्षका अवधिमा नगरपालिकाले गरेका कामका बारेमा हाम्रा संंवाददाताले गर्नुभएको कुराकानीको सार संक्षेप ।
तपाई पाँच वर्षका लागि नगर प्रमुखमा निर्वाचित भएर आएको अहिले आधा कार्यकाल सकिएको छ यस अवधिमा भएका उपलब्धि केके हुन् ?
हामी नगरपालिकामा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य र स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने खालका काम गरेका छौंं । हामी निर्वाचित भएर आउनु भन्दा अगाडि यहाँका सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर खस्केको अवस्था थियो । हामी निर्वाचित भएर आएपछि नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र शिक्षासेवीहरुसँग समन्वय गरेर सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्ने योजना बनाइ कार्यान्वयन गर्दै आयौं । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शैक्षिक सामाग्रीको व्यवस्थापन गरी शैक्षिक गुणस्तर सुधार गर्ने कार्य गरेका छौं । सामुदायिक विद्यालयमा शिक्षकले परीक्षामा बोर्डमा प्रश्नपत्रको उत्तर लेखेर विद्यार्थीले उक्त उत्तर सारेर विद्यार्थीले पास गर्ने परम्मपरागको अन्त्य गराई सामुदायिक विद्यालयका विद्यार्थीहरुले आफ्नै मेहेनत नगरी हुँदैन भन्ने भावनाको विकास गरायौं । नगरपालिकाका वडा नं. १ नाङ्गेलेभारे जस्तो भौगोलिक रुपमा दुर्गम रहेका सामुदायिक विद्यालयले एसइको परीक्षामा राम्रो नतिजा हासिल गरेका छन् । अझ पनि धेरे मेहेनत गर्न पर्नेछ । नगरपालिकाले सामुदायिक विद्यालयको नतिजा शतप्रतिशत पुर्याउने गरी नगरपालिकाले काम गरिरहेको छ । नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालय २३ र निजी विद्यालय १२ वटा गरी कुल ३५ वटा विद्यालय रहेका छन् ।
स्वास्थ्य क्षेत्रमा नागरिकले अनुभूती गर्ने गरी नगरपालिकाले केक काम गरेको छ ?
हामी निर्वाचित भएर आएपछि हरेक टोल टोलमा स्वास्थ्य शिबिर राख्ने, उक्त शिबिरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई विशेष प्राथमिकता दिदैँ उक्त स्वास्थ्य शिबिरमा ल्याब सहितको व्यवस्था गरी नागरिकलाई घरआँगनमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेका छौं । उक्त शिबिरमा नहुने उपचारलाई शंखरापुर नगर अस्पतालमा रिफर गर्ने गरेका छौं । नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै स्वास्थ्य बिमा गर्दा लाग्ने शुःल्कको ५० प्रतिशत रकम नगरपालिकाले अनुदान दिँदै आएका छौं । स्वास्थ्य बीमा प्रभावकारिता बढ्दै जाँदा नगरपालिकाले स्वास्थ्य बीमा शत प्रतिशत छुट दिने गरी नगरपालिकाले योजना बनाउँदै आएको छ ।
अहिले नगरपालिकाले नगर अस्पतालमा एमविविएस डक्टर राखेर नगरबासीलाई स्वास्थ्य सुविधा दिँदै आएका छौं । नगर अस्पतालमा सामान्य शल्यक्रिया समेतको कार्य गर्ने गरेको छ । नेपाल सरकारले निःशुल्क भनी तोकिएको हरेक औषधीहरु शङ्खरापुर अस्पतालले निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।
नगरपालिकाले भौतिक पूर्वाधारका क्षेत्रमा केके काम गरेको छ ?
हामी नगरपालिकामा निर्वाचित भएर आएपछि भौतिक पूर्वाधारको क्षेत्रमा फरक रुपमा काम गर्ने उद्घोष गरेका थियौ.। पहिलो २०७४ सालमा भएका स्थानीय तहको निर्वाचनको पाँच वर्षमा नगरपालिका क्षेत्रमा जम्मा पाँच किलोमिट मात्र सकड पीच भएको थियो । हामी निर्वाचित भएर आएको पहिलो वर्षमा नै दश किलमेटिर सडक पीच गर्यौं अहिले नगरपालिकाले यस अवधिमा पीच र ढलान गरी करिब ३५ किलोमिटर सडक निर्माण भएको छ । प्रत्येक वडामा खानेपानी सुविधा पुर्याएका छौं । पुरातात्विक रुपमा रहेको साँखु बजारलाई नयाँ स्वारुप प्रदान गरेका छौं । वडा नं. ६ र ७ स्थित साँखु बजारमा पुरातात्विक शैलीमा निर्माृण गर्नका लागि नगरपालिकाले एक लाख रुपियाँ स्थानीयलाई अनुदान दिएको छ । त्यस्तै २५ हजार रुपियाँ नक्शा बनाउन लाग्ने खर्च पनि नगरपालिकाले व्यहोर्ने गरी अनुदान दिँदै आएको छ । यसले साँखुको पुरातााित्वक शैलीमा पुननिर्माण हुँदै गएको छ । घरको अगाडि पट्टिको फेसमा पुरातात्विकै शैलिको काठको झ्याल र ढोका हाल्नुपर्ने व्यवस्था गरिए पछि साँखु बजारको स्वरुप नै नयाँ भएको छ । कुनै व्यक्ति साँखु क्षेत्रमा आउँदा साँखु बजार पुरातात्विक शैलिकै रुपमा देख्न सकिने अवस्था भएको छ । भूकम्पबाट क्षति पुगी पुनःनिर्माण गर्नुपर्ने अधिकांश घरहरुको अगाडि पट्टिको फेस पुरातात्विक शैलिमा निर्माण भएका छन् भने पुनःनिर्माण गर्न बाँकी घरहरु मात्र पुरातात्विक शैलिमा निर्माण हुन बाँकी रहेको र अहिलेसम्म करिब ९० प्रतिशत घरहरु पुरातात्विक शैलिमा घरको अगाडि फेस निर्माण भएका छन् । पुरातात्विक शैलिमा नै बनिरहेका घरहरुलाई मौलिक स्वरुप दिनका लागि नगरपालिकाले अनुदान दिएर साँखु बजारलाई पुरातात्विक शैलिमा निर्माण गरेको हो । आन्तरिक र बाह्य पर्यटक प्रबद्र्धन गर्न पनि मौलिक स्वरुपको घरहरुले थप टेवा पुगेको छ ।
नगरपालिका भित्र ग्रामिण र सहरी दुबै क्षेत्र छन् । ग्रामिण क्षेत्रका नागरिकलाई जीवनस्तर सुधार ल्याउनका लागि नगरपालिकाले केके काम गर्दै आएको छ ?
पहिला कृषकहरुले मल र वीऊ पाउदैनन् भन्ने गुनासो थियो । हामी जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि सबै नगरपालिका क्षेत्रमा पुगेर अनुगमन गरेर मात्र वास्तविक किसानलाई मात्र अनुदान दिएर जीविकोपार्जनका लागि अनुदान कृषि कार्यक्रम सञ्चालन गरेका छौं । वडा नं. १ नाङ्लेभारेमा दूधको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । अहिले दैनिक वडा नंं १ मा छ हजार लिटर दूध विक्री वितरण हुन्छ । त्यस्तै उक्त वडामा उखु खेतीका लागि नगरपालिकाले व्यावसायिक रुपमा अगाडि बढाएको छ । १८ वर्षसम्म खनजोत नगरी बाँझो रहेको जग्गामा त्यहाँका किसानले उखु खेती गरेका छन् । त्यहाँ नगरपालिकाले हाते ट्याक्टर अनुदान दिएको छ । त्यहाँका किसानले उखुबाट सख्खर निकाल्ने काम गरेका छन् । त्यहाँका किसानले घरमा बसीबसी रोजगारी सिर्जना गरेका छन् । वडानं. ६ र ७ मा भने आलु खेती गर्ने किसानलाई आलु उत्पादनका आधारमा नगरपालिकाले अनुदान दिँदै आएको छ ।