ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०७९÷ ८० मा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा शून्य बेरुजु कायम भएको छ ।
शून्य बेरुजु कायम गरेर कोन्ज्योसोम गाउँपालिकाले आर्थिक अनुशासन कायम गर्न उच्च प्राथमिकता दिएको प्रष्ट भएको छ । देशभरका ७५३ स्थानीय तह मध्ये कोन्ज्योसोम गाउँपालिका पनि शून्य बेरुजु कायम भएको गाउँपालिकाको सूचिमा परेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जनप्रतिनिधिमा रहेको वित्तीय अनुशासन प्रतिको प्रतिबद्धता, कर्मचारी विशेष गरी कार्यालय प्रमुख र लेखा प्रमुखमा सार्वजनिक वित्त व्यवस्थापनको ज्ञान र कार्यकौशलता, सेवाग्राहीको सकारात्मक सहयोग र लेखा परीक्षकको सकारात्मक दृष्ट्रिकोणले बेरुजु शून्य भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए । ![](https://satyaaawaaj.com/assets/img/post/beruju%201.jpg)
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले आर्थिक अनुशासन कायम गरिएकाले गाउँपालिकाको शून्य बेरुजु कायम भएको गाउँपालिका अध्यक्ष कृष्णमान लामाले जानकारी दिए ।
उनले गाउँपालिकाले आगामी वर्षहरुमा पनि बेरुजु शून्य कायम गर्नका लागि निरन्तर रुपमा जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्ने स्पष्ट पारे ।