काठमाडौं । काठमाडौं महानगरपालिका वडा ५ मा रहेको त्रिशक्ति क्लबले २५६८औं बुद्धजयन्ती तथा क्लबको ३८औं वार्षिकाेत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमा ७० जनाले रक्तदान गरेका छन् ।
क्लबले बुद्ध जयन्ती तथा ३८औं वार्षिक उत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । त्रिशक्ति क्लब कोटाटोलमा शुक्रबार विहान ११ बजेदेखि ४ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिशक्ति क्लबकी अध्यक्ष मिना श्रेष्ठले बताइन् ।
उनले यस्तो कार्यक्रम क्लबले वार्षिक रूपमा आयोजना गर्ने बताइन् । क्लबले रक्तदान कार्यक्रम स्थापनाको समयदेखि नै गर्दै आएको छ । रक्तदान कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष विरेन्द्र प्रजापतिले गरेका थिए । क्लब आयोजक रहेको रक्तादान कार्यक्रमको सह–आयोजक काठमाडौं महानगरपालिका रहेको थियाे ।