काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५१९ जना प्रहरी निरीक्षकहरूको एकै पटक सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।
विभिन्न ठाउँमा काजमा रहेकाहरूलाई समेत सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मानव श्रोत विकासविभागका अनुसार २०८१ साल जेठ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
सूची हेर्न यो लिंकमा क्लिक गर्नुहोस
https://www.nepalpolice.gov.np/media/filer_public/13/9c/139cdd55-d7a5-4252-a755-642f016f8429/cha_6769_insp.pdf