काठमाडौं । गीतकार सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीत सार्वजनिक भएको छ । गायक स्वरुपराज आचार्यको स्वर रहेको गीतमा नवीन कार्कीको संगीत छ ।
गीतको भिडियोमा नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन् । उत्तम हुमागाइँको छायांकन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् ।