काठमाडौं । मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यले पहिलो पटक 'राष्ट्रिय महिला मादल वादन प्रतियोगिता– २०८१' हुने भएकाे छ । नेपाली मौलिक गीत संगीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यही बैशाख २७ गते राष्ट्रिय नाचघर जमलमा मादल वादन प्रतियोगिता हुन लागेकाे हाे ।
'नारीको कला, नारीको सान' भन्ने मूल नारा सहित हुन लागेकाे प्रतियोगीतामा भाग लिनका लागि महिला मादल वादकहरुलाई आव्हान गरिएकाे कर्णाली कलाकार प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ टिका पुनले जानकारी दिइन ।
प्रतियोगीतामा प्रथम पुरस्कार ५५ हजार रुपैया, द्धितिय पुरस्कार ३५ हजार रुपैया, तृतिय पुरस्कार २५ हजार रुपैया र सान्त्वना पुरस्कार १५ हजार रुपैया पुरस्कार राशी रहेको छ । प्रतियोगी संयोजक तथा निर्णायक संयोजकको रुपमा बरिष्ठ मादल बादक खड्ग बुढा मगर रहने छन् ।