काठमाडौँ । डिल्लीराम खनाल पक्राउ परेका छन् । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा जिल्ला परिसर काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुासर खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए ।
काठमाडौँबाट पक्राउ परेका उनीबिरुद्ध विद्युतीय अपराधअन्तर्गत झुटा अफवाह फैलाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।