काठमाडौं । विद्या बालनले आफ्नो करियरमा अहिलेसम्म धेरै उत्कृष्ट फिल्म गरिसकेकी छन् । उनी निकै विलासी जीवन बिताउँछिन् । तर एक पटक उनले पनि भीख माग्नु परेको थियो भने सायदै पत्याउनु हुन्न । यसको खुलासा अभिनेत्री स्वयंले गरेकी छन् ।
विद्याले ‘परिणीता’, ‘कहानी’, ‘लगे रहो मुन्ना भाइ’, ‘बेगम जान’ जस्ता फिल्ममा आफ्नो उत्कृष्ट अभिनयले दर्शकको मनमा स्थान बनाएकी छन् । अहिले विद्या बालन ‘दो और दो प्यार’ बाट सिल्वर स्क्रिनमा कमब्याक गर्दैछिन् ।
निकै विलासी जीवन जिउने विद्याले एकपटक पाँच तारे होटल बाहिर भिख माग्नु परेको खुलासा गरेकी छन् । अब थाहा पाउनुहोस्, खासमा के भएको थियो ?
म्यासेबल इन्डियालाई दिएको अन्तर्वार्तामा विद्याले भनेकी छन्, ‘हाम्रो आईएमजी अर्थात् इन्डियन म्युजिक ग्रुप थियो । उनले प्रत्येक वर्ष शास्त्रीय संगीत कन्सर्ट, भारतीय क्लासिक संगीत कन्सर्टहरू आयोजना गर्थे । यो कन्सर्ट तीन दिनसम्म रातभर चलेको थियो । यो धेरै अद्भूत थियो । म पनि सोही आयोजक समितिमा थिएँ । वास्तवमा म स्वयंसेवक थिएँ । कार्यक्रम मिलाउन सहयोग गर्थे र राति कार्यक्रम सकिएपछि नरिमन प्वाइन्ट घुम्न जान्थ्यौ ।’
विद्याले थप खुलासा गरिन्, ‘एकपटक मलाई चुनौती दिइयो। उसले मलाई पाँचतारे होटल ओबरोय द पाम्सको कफी सपको ढोका ढकढकाएर केही खाने कुरा माग्न भनियो । म एक अभिनेता थिएँ, उनलाई यो थाहा थिएन । मैले लगातार ढोका ढकढकाउन थालें । सबैलाई रिस उठ्न थाल्यो । मैले धेरै पटक ढकढक्याए । मैले भनेँ, ‘प्लिज मलाई भोक लागेको छ । हिजोदेखि मैले केही खाएको छैन । र मलाई आउन आग्रह भयो । मैले शर्त जितेँ ।’
पाँच तारे होटल अगाडि भीख माग्ने विद्या करोडौँको मालिक हुन । मेन्स एक्सपीका अनुसार विद्याको हाल कुल नेटवर्थ १३६ करोड रुपैयाँ छ । विद्या बालन र सिद्धार्थ रोय कपुरको मुम्बईमा ८ करोड भारुको विलासी अपार्टमेन्ट छ । विद्याले एउटा फिल्मका लागि ३ करोडभन्दा बढी पारिश्रमिक लिन्छिन् ।