काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरे ।
एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताए छन् । नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन गरेको छैन । रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गरेका हुन् ।