काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् ।
उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष बुधबार राजीनामा पत्र बुझाएकी हुन् ।
दाहाल गत फागुन २९ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको अध्यक्ष भएका थिए । त्यसअघि फागुन २० गतेसम्म एमालेबाट गणेशप्रसाद तिमल्सिना राष्ट्रिय सभाको अध्यक्ष थिए ।
अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।