काठमाडौं । नेकपा एमाले झापाको ११औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली हिजै गृह जिल्ला झापा पुगिसकेका छन् । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जानकारी दिए । पार्टी अध्यक्ष ओलीसहित अन्य पदाधिकारी पनि झापा पुगेका छन् ।
पालिकाबाट ४३० जना, जनसङ्गठनबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकार २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना, मनोनीत प्रतिनिधि ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी हुनेछन् ।
अध्यक्षका लागि वर्तमान उपाध्यक्ष प्रेम गिरी र सचिव शिव ढुङ्गेल आकाङ्क्षी देखिएका छन । तर, सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।