पोखरा । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी ठगी आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनी सहकारीको छानबिन प्रतिवेदन बुझाएलगत्तै उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले सहकारीको करिब ७ करोड रुपैयाँ ठगी गरेको आरोप प्रहरीले लगाएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन गर्दा झन्डै सात करोड रुपियाँ हिनामिना देखिएको छ । अध्यक्ष नकर्मी र सचिव सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।