नयाँ दिल्ली । भारतीय जनता पार्टीले नयाँलाई टिकट दिइरहेको बेला सुष्मा स्वराजकी छोरीको राजनीतिमा डेब्यु भएको छ । ४ वर्षअघि निधन भएकी भारतकी तत्कालीन विदेशमन्त्री तथा चर्चित नेतृ सुष्मा स्वराजको विरासत पछ्याउँदै उनकी छोरी बाँसुरी स्वराजले टिकट पाएकी हुन् ।
भाजपाकी प्रभावशाली नेतृ तथा नरेन्द्र मोदी क्याबिनेटकी विदेश राज्यमन्त्री मिनाक्षी लेखीले जित्दै आएको नयाँ दिल्लीको लोकसभा सिटबाट बाँसुरीलाई उम्मेदवार बनाउने निर्णय बिजेपीले गरेको छ ।
आगामी मे महिनामा हुने दिल्लीको लोकसभा निर्वाचनमा बाँसुरीलाई अघि सारेर बिजेपीले सुष्मा स्वराजको परिवारलाई पार्टीमा अघि बढाउन खोजेको छ ।