भक्तपुर । सूर्यविनायक नगर अस्पतालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै अस्पतालमा टोकन प्रणाली लागू गरेको छ । अस्पताल परिसरभित्र बुधबार एक कार्यक्रम आयोजना गरि टोकन प्रणाली सुरु गरिएको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।
अस्पतालमा स्वास्थ्य बीमाको कार्यक्रम सुरु भएपछि सेवाग्राहीको चाप बढ्दै गएपछि नगरपालिकाले सेवालाई सहज र प्रभावकारी बनाउने गरी टोकन प्रणाली लागू गरिएको सूर्यविनायक नगर अस्पतालले जनाएको छ । अस्पताल आउने बिरामीको व्यवस्थापन गर्न ओपीडिमा टोकन प्रणाली सुरु गरिएको अस्पतालका संयोजक तथा सूचना अधिकारी डा.मोनिसा कार्कीले जानकारी दिइन ।
‘टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरुसमेत सहजीकरणमा खटिने जनाइएको छ । सूर्यविनायक नगरपालिकाले नगर अस्पतालको भौतिक पूर्वाधारदेखि, स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिँदै आएको छ ।